२१ जेठ २०८३, बिहिबार

रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा

Logo
आजको अपडेट मंगलबार, फाल्गुण १९, २०८२

काठमाडौँ । रौतहटको गढीमाई नगरपालिका–९ चिल्मिलिया क्षेत्रमा लुटपाट गर्न खोज्ने दुई युवक पक्राउ परेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलैन्द्र थापाले राससलाई बताउनुभयो ।

मोटरसाइकलमा सवार यात्रीलाई गएराति लुटपाट गर्न खोज्दै गर्दा सोही ठाउँका २१ वर्षीय सोमनकुमार सहनी र २१ वर्षीय रामेश्वर सहनी पक्राउ परेका हुन् । लुटपाट गर्न खोज्ने तीनमध्ये एक जना भने फरार रहेका छन् । निजको खोजी भइरहेको छ ।

सशस्त्र प्रहरी बल नेपाल निर्वाचन क्षेत्र सुरक्षा वेश सन्तपुरको ‘स्ट्राइकिङ’ टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । जिल्लाको राजदेवी नगरपालिका–८ बस्ने धमेन्द्र राय यादव र निजको श्रीमती चन्चला सवार मोटरसाइकल रोकेर गहना लुटपाट गर्न खोजेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300