१० जेठ २०८२, शुक्रबार

साफ यू–२० च्याम्पियनशिप : भुटानलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाल फाइनलमा

Logo
आजको अपडेट आइतबार, भाद्र ०९, २०८१
भुटानलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाल फाइनलमा

विराटनगर । भुटानलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाल २० वर्षमुनिको साफ च्याम्पियनशिपको फाइनलमा पुगेको छ ।

लतिपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको पहिलो सेमिफाइनलमा नेपालले भुटानलाई पेनाल्टी शुटआउटमा ४–१ ले हरायो । निर्धारित ९० मिनेटको समयमा १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो । पेनाल्टी शुटआउटमा नेपालका गोलकीपर जियारथ शेखले भुटानका दुई जना खेलाडीको पेनाल्टी बचाए । यस्तै नेपालका राम थापा, अबिनाश स्याङ्गतान, सिमान्त थापा र जियारथ शेखले गोल गरे ।

यसअघि खेलको ५६ औं मिनेटमा भुटानका जितसुनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर खेलको ७८ औं मिनेटमा नेपालका निराजन धामीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भोलि भारत र बङ्गलादेश खेल्दैछन् । फाइनल खेल आउँदो बुधवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुनेछ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300