२१ जेठ २०८३, बिहिबार

कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा

Logo
आजको अपडेट मंगलबार, फाल्गुण १९, २०८२

पाटन (ललितपुर) । ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा आएको छ ।

आज दिउँसो ३ः४५ बजेतिर विद्युत् सर्ट हुँदा भएको आगलागी ललितपुर महानगरको प्रहरीले बारुणयन्त्र प्रयोग गरी नियन्त्रणमा लिएको ललितपुर महानगरका प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिनुभयो । “हामीले तत्कालै पुगेर दाउरा थकालीमा भएको आगलागी नियन्त्रणमा लिएका छौँ, आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ”, उहाँले भन्नुभयो ।

आठौँ तलामा रहेको दाउरा थकाली रेष्टुराँ आगलागीबाट पूर्ण रुपमा जलेर नष्ट भएको उहाँले बताउनुभयो । आगलागीबाट कुनै मानवीय क्षति भने नभएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300