२१ जेठ २०८३, बिहिबार

रौतहटमा आजपाका समानुपातिकतर्फका उम्मेदवार लालबाबु मन्सुरीमाथि आक्रमण

Logo
आजको अपडेट मंगलबार, फाल्गुण १९, २०८२

काठमाडौं  । आम जनता पार्टीका नेता तथा समानुपातिक उम्मेदवार लालबाबु मन्सुरीमाथि आक्रमण भएको छ । चुनावी प्रचारप्रसारको क्रममा हिजो उनीमाथि सांघातिक हमला भएको जनाईएको छ । उनको नाकको हड्डी टुटेको छ ।सोमवार साँझ रौतहट–३ गुजरा नगरपालिका ६ बेदौउली गाउँमा मन्सुरीमाथि आक्रमण भएको हो ।

आक्रमणबाट घाइते मन्सुरीको चन्द्रनिगाहपुरमा रहेको एक अस्पतालमा उपचार भएको थियो । उपचारपछि हाल उनी गुजरास्थित आफ्नो घरमा आराम गरिरहेका छन् । चिकित्सकले उनको नाकको हड्डी भाँचिएको बताएको जनाईएको छ । मन्सुरीले घटनाको सत्य तथ्य छानबिन गरी दोषी लाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300