१० जेठ २०८२, शुक्रबार

नेपाललाई हराउँदै बङ्गलादेशले जित्याे २० वर्षमुनिकाे साफ च्याम्पियनशिपकाे उपाधि

Logo
आजको अपडेट बुधबार, भाद्र १२, २०८१
नेपाललाई हराउँदै बङ्गलादेशले जित्याे २० वर्षमुनिकाे साफ च्याम्पियनशिपकाे उपाधि

विराटनगर । घरेलु टोली नेपाललाई हराउँदै बङ्गलादेशले २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको उपाधि जितेको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा भएको फाइनलमा बङ्गलादेशले नेपाललाई ४–१ गोलले हरायो । पहिलो हाफमा एक गोल गरेको बङ्गलादेशले दोस्रो हाफमा तीन गोल थप्यो । बङ्गलादेशका लागि खेलको पहिलो हाफको इन्ज्युरी समयमा इस्लामले गोल गरे । यस्तै खेलको ५४औं मिनेटमा गोयरी, ७०औं मिनेटमा राबी र इन्ज्युरी समयमा पिआसले गोल गरे । नेपालका लागि खेलको ८१औं मिनेटमा समिर तामाङले एक गोल फर्काए ।

बङ्गलादेशले पहिलो पटक साफको उमेर समूहको उपाधि जितेको हो । यसअघि तीन पटकसम्म फाइनलमा पुगेको बङ्गलादेश उपाधिविहीन थियो । यस्तै नेपालले सन् २०१५ र २०१७ गरी उपाधि जितेको थियो ।

पहिलो सेमिफाइनलमा नेपालले पेनाल्टी सुटआउटमा भुटानलाई ४–१ ले हराएर र दोस्रो सेमिफाइनलमा बङ्गलादेशले पेनाल्टीमा भारतलाई ४–३ ले हराउँदै फाइनलमा पुगेका थिए ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300