२१ जेठ २०८३, बिहिबार

जनताको भावनाअनुसार हामीले काम गरेर देखाउनुपर्छः नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रञ्जु

Logo
आजको अपडेट शुक्रबार, फाल्गुण २२, २०८२

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की रञ्जु दर्शना न्यौपानेले जनताको भावनाअनुसार आफूले काम गरेरै देखाउनुपर्ने बताउनुभएको छ । उहाँले यो जित आफूहरूका लागि खुसीसँगै चुनौती पनि रहेको बताउनुभयो ।

आज निर्वाचित भएपछि पत्रकारहरूसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै नवनिर्वाचित प्रतिनिधिसभा सदस्य दर्शनाले भन्नुभयो, “३०र३५ वर्षदेखि बारम्बार धोका दिएकाहरूको ढोकै बन्द गरिदिन्छौँ भन्ने नेपाली जनताले भोट दिनुभएको छ । हाम्रो लागि सुखद र चुनौती छ । हामीले गरेर देखाउनैपर्छ ।”

उहाँले काठमाडौँ क्षेत्र नम्बर १ का मतदातालाई धन्यवाद दिँदै अहिले देखिएको जनमत वैकल्पिक र विवेकशील राजनीतिको जित भएको प्रतिक्रिया पनि दिनुभयो । यसलाई पार्टीले विशेष रुपमा लिएको पनि उहाँले बताउनुभयो ।

उहाँले १५ हजार ४५५ मत प्राप्त गरी विजयी हुनुभएको छ । आजै उहाँलाई मुख्य निर्वाचन अधिकृतले विजयीको प्रमाणपत्र प्रदान गरिसकेको छ । आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापा क्षेत्रीलाई नौ हजार ९१ मतान्तरले पछि पार्दै ३० वर्षीया न्यौपाने निर्वाचित हुनुभएको हो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300