२१ जेठ २०८३, बिहिबार

महोत्तरी–१ मा रास्वपा उम्मेदवार महतो विजयी

Logo
आजको अपडेट शनिबार, फाल्गुण २३, २०८२

महोत्तरी । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रमोदकुमार महतो विजयी हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले आज बिहान जारी गरेको अन्तिम निर्वाचन मतपरिणामअनुसार रास्वपा उम्मेदवार महतो ३४ हजार ६३६ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृत गगनदेव महतोले जानकारी दिनुभयो ।

त्यसैगरी उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार गिरिराजमणि पोखरेलले १२ हजार ६२४ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतो कोइरीले छ हजार ५९१ र नेपाली कांग्रेसका उम्मेदवार मुकेशराज काफ्लेले छ हजार २१३ मत ल्याएको जनाइएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300