२१ जेठ २०८३, बिहिबार

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

Logo
आजको अपडेट बिहिबार, फाल्गुण २८, २०८२

काठमाडौँ । मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र उदयपुरमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको अभिलेखअनुसार पछिल्लो ३ घण्टामा सबैभन्दा बढी उदयपुरमा ८२।२ मिलिमिटर वर्षा भएको छ ।

यस्तै गोरखामा ८० मिलिमिटर वर्षा भएको छ । विभागका अनुसार चितवनमा ६० मिलिमिटरभन्दा बढी वर्षा भएको छ । मापनका हिसाबले तीनवटै ठाउँमा भारी वर्षा हो । उदयपुरको कटारी र गोरखाको बारपाकमा बढी वर्षा भएको छ । चौबीस घण्टामा ५० मिलिमिटर माथिको वर्षालाई भारी वर्षामा गणना गरिन्छ ।

अन्य क्षेत्रमा पनि पानी परिरहेको विभागले जनाएको छ । विभागका अनुसार लमजुङ, मकवानपुर, सिन्धुपाल्चोक, सङ्खुवासभा, इलाम, सोलुखुम्बु, मुस्ताङ, बर्दिया, कास्कीलगायत जिल्लामा पनि वर्षा भएको छ ।

यो वर्षापछि प्रदूषण केही कम हुने अनुमान गरिएको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300