२१ जेठ २०८३, बिहिबार

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

Logo
आजको अपडेट शुक्रबार, फाल्गुण २९, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । उनका बुवा मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको हो । आज बिहान गठ्ठाघरस्थित कोरियन अस्पतालमा अस्पतालमा निधन भएको हो।

पारिवारिक स्रोतका अनुसार केही समय यता मोहनप्रसाद ओली अस्वस्थ थिए। उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ । त्यसपछि आजै पशुपतिनाथ आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ। उनको निधनप्रति विभिन्न राजनीतिक दलका नेता तथा शुभेच्छुकहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन्। स्वर्गीय ओलीका दुई छोरा तीन छोरी छन् ।

 

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300