२१ जेठ २०८३, बिहिबार

मकै बालीमा किराको प्रकोप

Logo
आजको अपडेट शुक्रबार, फाल्गुण २९, २०८२

इनरुवा (सुनसरी) । सुनसरीको सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न स्थानमा लगाएको मकै बालीमा रोग किराको प्रकोपको प्रकोप बढेको छ ।

इनरुवासहित रामधुनी, हरिनगर, देवानगञ्ज, बर्जु, गढी, भोक्राहा नरसिंह गाउँपालिका लगायतका स्थानमा लगाइएको मकै बालीमा फौजी किरा देखिएको इनरुवा–९ बबियाका शिवनारायण यादवले बताउनुभयो । मकै बालीमा रोग किरा देखिन थालेपछि विषादी छर्न बाध्य भएको उहाँले बताउनुभयो ।

केही गोड्ने बेला र केही गोडिसकेका मकै कीराले खाएर नष्ट गरेपछि विषादी छर्नका लागि बाध्य भएको यादवले बताउनुभयो । नहरमा पानी नभएर समस्यामा परेका किसानलाई मकैमा रोग किराको सङ्क्रमणले चिन्तित बनाएको किसान शम्भु यादवले बताउनुभयो ।

मकै बालीबाट राम्रो आम्दानी लिने सोचका साथी खेती गरेको भए पनि फौजी किराको आक्रमणले सोचे अनुुसारको आम्दनी नहुने चिन्ताले सताएको किसान लक्ष्मण मेहताले बताउनुभयो ।

जिल्लामा यस वर्ष १२ हजार ६३ हेक्टर क्षेत्रफलमा मकै खेती गरिएको कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख निलकमल सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300