२१ जेठ २०८३, बिहिबार

प्रतिबन्धित लागूऔषधसहित फार्मेसी संचालिका र गाँजासहित दुई जना पक्राउ

Logo
आजको अपडेट शनिबार, फाल्गुण ३०, २०८२
AI Photo

विराटनगर । मोरङ र सुनसरीका विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषधसहित एक फार्मेसी संचालिका तथा गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
फागुन २९ गते सुनसरीको गढी गाउँपालिका–२ औरावनी चोकमा मोनिका चौधरीले सञ्चालन गर्दै आएको शिवमहिमा मेडिकल हल फार्मेसीमा प्रतिबन्धित लागूऔषध बिक्री भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोलीले छापा मारेको थियो ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह (PIT) तथा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले फार्मेसीमा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा ट्रामाडोल र स्पास्पेन गरी जम्मा २ हजार ९ सय ३० ट्याब्लेट फेला पारेको थियो। उक्त औषधसहित मोरङको सुन्दरहरैचा नगरपालिका–८ घर भई हाल गढी–२ मा डेरा गरी बस्दै आएकी ३२ वर्षीया मोनिका चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
यसैगरी मोरङको विराटनगर–३ बरगाछी चोकबाट भारतको अररिया जिल्ला घर भएका पृथ्वी कुमार सिंह र कृष्ण कुमार सिंहलाई प्रहरीले ११ किलो ५२ ग्राम गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पक्राउ परेका तीनै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300