२१ जेठ २०८३, बिहिबार

जासुसी गरेको आरोपमा इजरायली सैनिक पक्राउ

Logo
आजको अपडेट शुक्रबार, चैत्र ०६, २०८२

जेरुसेलम । इरानलाई गोप्य जानकारी दिएको आरोपमा “आइरन डोम एयर डिफेन्स सिस्टम” मा कार्यरत एक जना इजरायली सैनिकलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

इजरायल र संयुक्त राज्य अमेरिका मध्य पूर्वमा फैलिएको इरानसँगको युद्धमा सरिक हुँदा यो गिरफ्तारी भएको हो ।

जेरुसेलमका बासिन्दा २६ वर्षीय राज कोहेन आइरन डोम प्रणालीमा भण्डारमा कार्यरत रहेकोमा हालै इरानी गुप्तचरसँग सम्पर्कमा रहेर सुरक्षा अपराध गरेको आशंकामा पक्राउ गरिएको इजरायली प्रहरीले बताएको छ ।

लामो समय अवधि सम्म उनी इरानी गुप्तचर कार्यकर्ताहरूसँग सम्पर्क कायम रहि उनीहरूको निर्देशनमा आग्रह गरिएका संवेदनशील सुरक्षा जानकारी प्रवाह गर्ने लगायत विभिन्न सुरक्षा अपराधहरु गरेको जनाइएको छ ।

फेब्रुअरी – २८ मा सर्वोच्च नेता अली खामेनीको हत्या भए पछि सुरु भएको अमेरिका–इजरायल आक्रमणकोे बदलामा इरानले इजरायलमा निरन्तर मिसाइल प्रहार गर्दै आएको छ ।

इजरायलको अत्याधुनिक हवाई सुरक्षाले तेहरानले प्रहार गरेका धेरै मिसाइलहरू रोक्न सफल भएको छ, भने केही रणनीतिक क्षेत्रहरुमा मानविय तथा भौतिक क्षति भएको जनाइएको छ ।

इजरायली उद्धार अधिकारीहरूका अनुसार युद्ध सुरु भए देखि इजरायलतर्फ इरानी क्षेप्यास्त्र प्रहारका कारण १५ जना सर्वसाधारणको ज्यान गइसकेको छ ।

वेस्ट ब्याङ्क क्षेत्रमा इरानी क्षेप्यास्त्र प्रहार हुँदा चार जना प्यालेस्टिनी महिलाको मृत्यु भएको रामल्लास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ । रासस एएफपी

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300