२१ जेठ २०८३, बिहिबार

ठमेलबाट युगाण्डाका २० महिला पक्राउ

Logo
आजको अपडेट बुधबार, चैत्र ११, २०८२
AI Photo

काठमाडौँ । ठमेल घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई सार्वजनिक स्थानमा पैसा बार्गेनिङ गरी यौनधन्दा सञ्चालन गर्ने २० विदेशी महिला पक्राउ परेका छन् ।

काठमाडौँ महानगरपालिका–२६ ठमेल फायरचोकस्थित सार्वजनिक सडकखण्डबाट प्रहरीले ती महिलालाई पक्राउ गरेको हो । पक्राउ परेका सबै महिला युगाण्डाका हुन् । प्रहरीले आज उनीहरुलाई सार्वजनिक गरेको छ । उनीहरुले विदेशी तथा स्वदेशी पर्यटक, सर्वसाधारण पुरुषलाई अनावश्यक रूपमा बाटो छेकी अश्लील क्रियाकलापसम्बन्धी मोलमोलाइ गरी दुःख हैरानी दिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट १२ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त लैनचौरबाट अनुसन्धान जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300