०९ जेठ २०८२, बिहिबार

१० वर्षमुनिका बालबालिकाको निशुल्क उपचार निरन्तर हुदै

Logo
आजको अपडेट आइतबार, भाद्र १६, २०८१

विराटनगर । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले दश वर्षमुनिका बालबालिकाको निशुल्क उपचार सेवा कार्यक्रम निरन्तर रहेको प्रस्ट्याएको छ । मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै बालबालिकाहरुको निशुल्क उपचार सेवा रोकिएको भन्ने भ्रामक समाचारहरु आइरहेको भन्दै यो सेवा निरन्तर रहेको जानकारी दिएको हो । भ्रमपूर्ण समाचारहरु सामाजिक सञ्जालमा आइरहेको प्रति मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । यो आर्थिक वर्षका लागि ४ करोड २९ लाख रुपैयाँ १० वर्षमुनिका बालबालिकाहरुको निशुल्क उपचारका लागि विनियोजन भएको सो विज्ञप्तीमा उल्लेख छ । प्रदेश मातहतका सबै अस्पतालबाट सो सेवा लिन सकिने मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले बताउनुभयो ।

त्यसैगरी महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्न चालु आर्थिक वर्ष २०८१/ ८२ मा बजेटको व्यवस्था गरी पहिलो पटक महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका बीमा कार्यक्रम सुरु गरिएको मन्त्रालयले जनाएको छ । यस्तै एक पालिका एक महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सम्मान कार्यक्रम र महिला स्वास्थ्य स्वयंसेविका स सम्मान विदाई कार्यक्रमलाई निरन्तरता दिइएको सो विज्ञप्तीमा उल्लेख छ । मन्त्रालयका अनुसार कडा रोग लागेका व्यक्तिहरुका लागि उपचार सहायता कार्यक्रमका लागि आर्थिक वर्ष २०८१ /८२ को ५ करोड रुपैयाँ विनियोजन गरिएको छ । यसको कार्यविधिमा परिमार्जन गरी मन्त्रालयमा प्राप्त निवेदन र पेश भएका कागजात अनुसार सहायता रकम प्रदान गर्ने गरी बनाउन लागिएको छ । गत आर्थिक वर्षबाट संचालनमा आएको शैलजा आचार्य हृदयरोग उपचार केन्द्रबाट निरन्तर रुपमा सेवा सञ्चालन गर्न आवश्यक बजेट, जनशक्ति व्यवस्थापन तथा अन्य शीर्षकहरुमा बजेट विनियोजन गरी नियमित सेवा सञ्चालन भइरहेको समेत मन्त्रालयले प्रस्ट्याएको छ । केही समययता पूर्वमुख्यमन्त्री केदार कार्कीले बालबालिकाहरुको निशुल्क उपचार सेवा रोकिएको भन्दै विरोध गर्दै आउनु भएको छ । तर उहाँले उठाएका विषयहरु बजेटमा उल्लेख रहेको र निरन्तरता दिइएको मन्त्रालयले प्रस्ट्याएको हो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300