११ जेठ २०८२, शनिबार

कोशी र मधेश प्रदेशका केही ठाउँमा आज राति ठूलो पानी पर्ने सम्भावना

Logo
आजको अपडेट आइतबार, भाद्र १६, २०८१
कोशी र मधेश प्रदेशका केही ठाउँमा पनि आज राति ठूलो पानी पर्ने सम्भावना

कोशी र मधेश प्रदेशका केही ठाउँमा  आज राति ठूलो पानी पर्ने सम्भावना छ । झरी भोलिदेखि कम हुने भए पनि मनसुनको समय बाँकी नै रहेकाले बेलाबेलामा पानी पर्ने क्रम भने चलिरहनेछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार गएरातिदेखि कञ्चनपुर, बाँके, बर्दिया, सुर्खेत, दैलेख, म्याग्दी, बाग्लुङ, कास्की, लमजुङ, गोरखा, पाल्पा, चितवन, अर्घाखाँची, रुपन्देही, नुवाकोट, धादिङ, मकवानपुर, काठमाण्डौ उपत्यकाका तीन वटै जिल्ला, रुपन्देहीलगायतका ठाउँमा ठूलो पानी परेको छ ।

पछिल्लो १२ घण्टामा चितवनको कल्याणपुरमा १ सय ६० मिलिमिटर, मकवानपुरको हात्तीसुँडेमा १ सय ३६ मिलिमिटर, रुपन्देहीको भैरहवामा एक सय मिलिमिटर, काठमाण्डौको धाप ड्याम र लमजुङको बेसीशहरमा ९५ मिलिमिटर पानी परेको छ । काठमाण्डौ उपत्यकाका बाग्मती, धोबीखोला, शालीनदी, विष्णुमतीलगायतका खोला तथा नदीमा बाढीको चेतावनी जारी भएको छ ।

यस्तै मकवानपुरको पूर्वी राप्ती र बकैया खोलामा पनि बाढीको चेतावनी जारी भएको छ । यसैगरी नारायणगढ–मुग्लिङ सडक खण्डमा पनि आकस्मिक बाढी र पहिरोको जोखिम रहेकोले यात्रामा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम वर्षालाई हल्का वर्षा, ५० मिलिमिटरसम्मको वर्षालाई मध्यम वर्षा र ५० देखि एक सय मिलिमिटरसम्मको वर्षालाई ठूलो वर्षा भनिन्छ । यस्तै एक सय देखि २ सय मिलिमिटरसम्मको वर्षालाई धेरै ठूलो र दुई सय मिलिमिटरभन्दा माथिको वर्षालाई अति ठूलो वर्षा भनिन्छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300