२१ जेठ २०८३, बिहिबार

स्वास्थ्यमन्त्रीमा मेहता नियुक्त

Logo
आजको अपडेट शुक्रबार, चैत्र १३, २०८२

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या एवम् खानेपानीमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की सांसद निशा मेहता नियुक्त हुनुभएको छ ।

राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित विशेष समारोहमा मेहताले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभयो । पेसाले नर्स उहाँ रास्वपामा स्थापनाकालदेखि नै आबद्ध हुनुहुन्छ । उहाँ प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाको मधेसी ‘क्लस्टर’बाट समानुपातिक सांसद चुनिनुभएको हो ।

सुनसरी इनरुवाकी ३८ वर्षीया मेहताले भारतबाट ‘नर्सिङ’मा स्नात्तकोत्तर गर्नुभएको छ । उहाँ विराटनगरस्थित विराट शिक्षण अस्पतालमा उपप्राध्यापक रुपमा कार्यरत हुनुहुन्थ्यो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300