२१ जेठ २०८३, बिहिबार

कांग्रेसका देउवा र कोइराला समूहको बैठक

Logo
आजको अपडेट मंगलबार, चैत्र १७, २०८२

काठमाडौँ, १७ चैत । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइराला समूहको बैठक काठमाडौँको धुम्बाराहीस्थित एक होटलमा बसिरहेको छ ।

कांग्रेसका पूर्व कार्यबाहक सभापति पूर्णबहादुर खड्काले आह्वान गर्नुभएको सो बैठकमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्य तथा पदाधिकारीहरुको सहभागिता रहेको छ ।

यस बैठकमा कांग्रेसका नेता डा शेखर कोइराला, निवर्तमान सहमहामन्त्रीहरू बद्री पाण्डे, जीवन परियार महालक्ष्मी उपाध्याय ‘डिना’ एवं केन्द्रीय सदस्यहरुको उपस्थिति छ ।

त्यसैगरी १४ औँ महाधिवेशनमा उपसभापति निर्वाचित विमलेन्द्र निधि र प्रकाशमान सिंह, पूर्वमहामन्त्री डा शशांक कोइरालाको पनि उपस्थिति रहेको छ ।

सो बैठकमा सामसामयिक राजनीतिक विषयवस्तुहरुका साथै पार्टीको आन्तरिक विवाद, नेपाली कांग्रेसको आगामी १५ औँ नियमित महाधिवेशन तथा आगामी संसदमा नेपाली कांग्रेसका सांसदहरुको उपस्थिति र प्रस्तुति आदि विषयमा कुराकानी भइरहेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300