२१ जेठ २०८३, बिहिबार

‘भ्रष्टाचार नियन्त्रणतर्फ सरकारको पहल प्रशंसनीय

Logo
आजको अपडेट मंगलबार, चैत्र १७, २०८२

काठमाडौँ, १७ चैत । सरकारले सार्वजनिक गरेको शासकीय सुधार कार्यसूची भ्रष्टाचार नियन्त्रणको प्रशंसनीय सुरुआत भएको विश्वास व्यक्त गरिएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले आज एक विज्ञप्ति जारी गर्दै शासकीय सुधारसम्बन्धी कार्यहरूको सूची जनादेशको भावना र मागअनुरूप हुनाका साथै धेरै वर्षदेखि उठाइँदै आइएका सुशासनका विषयहरू अधिकांश रूपमा समावेश भएको ठहर गरेको छ ।

संस्थाका अध्यक्ष मदनकृष्ण शर्माले पहिलो बैठकमा नै देशलाई सुशासनतर्फ लान समय सीमासहितको बृहत् कार्यसूची पारित गर्नुले सरकारले जनताको हित र सुशासनप्रतिको प्रतिबद्धता देखाएको बताउनुभयो ।

विज्ञप्तिमापन तोकिएको समय सीमाभित्र सबै कार्य सम्पन्न हुनेछन् भन्नेमा आशा र विश्वास लिएको बताउँदै ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले सुशासन प्रबद्र्धनको कार्यमा आफ्ना अनुभव र विज्ञता उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300