२१ जेठ २०८३, बिहिबार

पशु बधशाला र मासु जाँच ऐन तीन सहरमा मात्र लागू

Logo
आजको अपडेट शुक्रबार, चैत्र २०, २०८२

काठमाडौँ, २० चैत । पशु बधशाला र मासु जाँच ऐन, २०५५ बनेको २७ वर्ष भइसक्दा पनि तीन सहरमा मात्र लागू भएको छ । तीन सहरमा पनि ऐन बनेको १० वर्षपछि मात्र लागू भएको हो ।

यो ऐन २०६५ जेठ १५ गतेदेखि मात्र लागू भएको हो । ऐनको दफा २ मा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको क्षेत्रमा मात्र ऐन लागू हुने उल्लेख छ । यो व्यवस्था अनुसार हालसम्म यो ऐन हेटौँडा, बुटवल र सुर्खेतमा मात्र लागू भएको भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशालाका प्रमुख पशु चिकित्सक सुजन रानाले राससलाई जानकारी दिनुभयो । यो ऐन देशका सबै सहरमा लागू नहुँदा जनस्वास्थ्यमा यसको प्रभाव परेको पनि उहाँले बताउनुभयो ।

ऐनमा कार्यान्वयन गर्ने निकाय नरहेको र पशु सेवा विभागमा पनि ऐन कार्यान्वयनको एकाई गठन नभएकाले यस्तो अवस्था आएको प्रमुख पशु चिकित्सक रानाले बताउनुभयो । ऐन लागू नहुँदा खाद्य स्वच्छतामा प्रभाव पर्ने गरे पनि कार्यान्वयनमा सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।

हाल मासु जाँच गर्न सक्ने प्राविधिक कर्मचारी पर्याप्त नभएकाले यसले जनस्वास्थ्यमा गम्भीर प्रभाव पार्न सक्नेतर्फ सरोकार भएका निकायका ध्यान जानुपर्ने प्रमुख पशु चिकित्सक राना बताउनुहुन्छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300