२१ जेठ २०८३, बिहिबार

प्रधानमन्त्रीको प्रेस तथा अनुसन्धान विज्ञमा दाहाल नियुक्त

Logo
आजको अपडेट शुक्रबार, चैत्र २०, २०८२

काठमाडौँ, २० चैत । प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा दीपा दाहाल नियुक्त हुनुभएको छ ।

प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम उक्त पदमा उहाँ शुक्रबार नियुक्त हुनुभएको हो । खोजपत्रकार, लेखक एवं प्राध्यापक दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता र प्राज्ञिक क्षेत्रमा सक्रिय दाहालले आजैदेखि आफ्नो कार्यभार सम्हाल्नुभएको छ ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार दाहालले प्रधानमन्त्री शाहको सञ्चार रणनीति, अनुसन्धान र मिडिया व्यवस्थापनमा भूमिका निर्वाह गर्नुहुनेछ ।

दाहालसँग रेडियो, टेलिभिजन, छापा र अनलाइन गरी पत्रकारिताका सबै विधामा २० वर्षभन्दा बढीको व्यावसायिक अनुभव छ । उहाँले पछिल्लो समय उकालो डटकममा वरिष्ठ संवाददाताका रूपमा कार्य गर्दै आउनुभएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300