२१ जेठ २०८३, बिहिबार

प्रधानमन्त्री कपमा मधेस प्रदेश विजयी

Logo
आजको अपडेट बुधबार, चैत्र २५, २०८२

वीरगञ्ज (पर्सा), २५ चैत । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ ।

वीरगञ्जको नारायणी रङ्गशालामा आज भएको खेलमा मधेस प्रदेशले गण्डकी प्रदेशलाई डकवर्थ लुइस (डिएलएस मेथड)को आधारमा १८ रनले पराजित गरेको हो । सुरुआतमा ब्याटिङ गरेको मधेस प्रदेशले ३४ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १७२ रन बनायो । मधेस प्रदेशको तर्फबाट मयन यादवले ४३ रन र विशाल सुसलिङले ४० रन बनाए । बलिङतर्फ गण्डकी प्रदेशका अपराजित पौडेल र सुवास भण्डारीले तीन–तीन विकेट लिए ।

जबाफी ब्याटिङमा उत्रिएको गण्डकी प्रदेशले २२ ओभरमा पाँच विकेटको क्षतिमा ८० रन बनायो । गण्डकी प्रदेशले ब्याटिङ गर्दा पानी परेपछि खेलको निर्णय डकवर्थ लुइस मेथडबाट गरिएको हो । गण्डकी प्रदेशका अर्जुन कुमालले ४९ रन र दिपक डुम्रेले १३ रन बनाए ।

बलिङतर्फ मधेस प्रदेशका विशाल पटेल र मोहम्मद आदिल आलमले एक–एक विकेट लिए । आजको खेलमा मधेस प्रदेशका विशाल सुसलिङ प्लेयर अफ दी म्याच घोषित हुँदै नगद पाँच हजार पुरस्कार पाए । प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब र सात प्रदेशका गरी १० टोली सहभागी छन् । प्रतियोगिताको विजेताले रू १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300