११ जेठ २०८२, शनिबार

कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

Logo
आजको अपडेट बुधबार, भाद्र १९, २०८१
कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

विराटनगर । मनसुनी वायुको प्रभावले देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, मधेश र गण्डकी प्रदेशका एक–दुई ठाउँमा अहिले पनि हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । धेरै ठाउँमा गएराति ठूलो पानी परेको थियो । महाशाखाले कोशी, मधेश, गण्डकी र बाग्मती प्रदेशका केही ठाउँमा गएराति ठूलो पानी परेको जनाएको छ ।

आज दिउँसो पनि कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । बाग्मती र गण्डकी प्रदेशका धेरै ठाउँमा भने मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300