२१ जेठ २०८३, बिहिबार

समाज मोरङमा दुई जना नाबालिग मृत भेटिएको घटनामा आमा पक्राउ

Logo
आजको अपडेट बुधबार, भाद्र १९, २०८१
समाज मोरङमा दुई जना नाबालिग मृत भेटिएको घटनामा आमा पक्राउ

विराटनगर । मोरङमा दुई जना नाबालिग मृत भेटिएको घटनामा आमा पक्राउ परेकी छन् ।

मोरङ सुन्दरहरैँचा नगरपालिका–७ मा केरा बगानभित्र गएको शनिवार एक वर्ष र तीन वर्षका नाबालिग मृत भेटिएका थिए । ती नाबालिगको आमा अस्मिता कार्की बेपत्ता भएकोमा आज बिहान झापाको बिर्तामोडबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी महिलाको स्वास्थ्य अवस्था नाजुक रहेकाले उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्‍याएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताउनुभयो । आमा अस्मिताले शुक्रवार दुई छोरीलाई सँगै लिएर हिँडेको तर छोरीहरूको शव शनिवार फेला परेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300