२१ जेठ २०८३, बिहिबार

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

Logo
आजको अपडेट मंगलबार, बैशाख ०८, २०८३

काठमाडौँ, ८ वैशाख । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीहरूसँग संयुक्त छलफल सुरु गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केहीबेर अघि सो बैठक सुरु भएको उहाँको सचिवालयले जनाएको छ ।

उक्त बैठकमा नेपाल सरकारको राष्ट्रिय प्राथमिकता, यी निकायहरूको जिम्मेवारी, योजना तथा कार्यक्रम र बजेटका विषयमा छलफल भइरहेको छ ।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार बैठकमा यी निकायहरूले काम गर्दा भोगिरहेका चुनौती र सुधारका लागि आवश्यक पर्ने मुख्य सुझावहरूका बारेमा पनि छलफल हुनेछ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300