२१ जेठ २०८३, बिहिबार

कोशी प्रदेश सभाद्वारा हरितालिका तीजको शुभकामना

Logo
सन्तोष मेहता बिहिबार, भाद्र २०, २०८१
कोशी प्रदेश सभाद्वारा हरितालिका तीजको शुभकामना

कोशी प्रदेश सभाका सभामुख मा। अम्बर बहादुर बिष्टले हरितालिका तीजको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूलाई हार्दिक शुभकामना व्यक्त गरेका छन् । उनले जारी गरेको शुभकामना सन्देशमा यस चाडको महत्व र नेपाली समाजमा यसको स्थानको बारेमा उल्लेख गरिएको छ ।

सन्देशमा भनिएको छ, नेपाली हिन्दु नारीहरूले भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म अविवाहित तथा विवाहित नारीहरूले आफ्नो मनोकाङ्क्षा र परिवारको हितको कामना गर्दै मनाउने हरितालिका तीज नेपाली समाजमा महत्वपूर्ण पर्वको रुपमा रहेको छ ।

सभामुख बिष्टले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं अटल सौभाग्यका लागि शुभकामना व्यक्त गरेका छन् । साथै, उनले यो चाड समाजमा रहेको लैङ्गिक, जातीय विभेद लगायत सबै प्रकारका असमानताहरूको निराकरण गर्दै नेपालीहरूको बीचमा एकता र भाइचारा कायम गर्न सकोस् भन्ने कामना गरेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300