२१ जेठ २०८३, बिहिबार

आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकाविरुद्ध ब्याटिङ गर्दै

Logo
आजको अपडेट आइतबार, बैशाख १३, २०८३

काठमाडौँ, १३ वैशाख । आइसिसी महिला टि– ट्वान्टी च्यालेन्ज ट्रफीअन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको छ ।

रुवाण्डाको किगालीस्थित गहङ्गा क्रिकेट स्टेडियममा अमेरिकाले नेपालविरुद्ध बलिङ गरिरहेको छ । चार खेल खेलेको नेपाल दुई जितसहित अङ्क तालिकाको तेस्रो स्थानमा छ । समान खेलबाट ६ अङ्क जोडेको अमेरिका भने शीर्ष स्थानमा छ ।

नेपालले प्रतियोगिताको आफनो पहिलो खेलमा अमेरिकासँग ४३ रनको हार व्यहोरेको थियो । त्यसपछि इटली र रुवाण्डालाई पराजित गरेको नेपाल चौथो खेलमा भानुआतुसँग पराजित भएको थियो ।

डबल राउण्ड रोविन लिगपछि तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300