२१ जेठ २०८३, बिहिबार

तीन दिनदेखि तेह्र हजार घरपरिवार विद्युत् विहीन

Logo
आजको अपडेट मंगलबार, बैशाख २२, २०८३

वालिङ (स्याङ्जा), २२ वैशाख । बुटवल पावर कम्पनी ९बिपिसी० का १३ हजार उपभोक्ता तीनदेखि विद्युत् विहीन भएका छन् ।

गत शनिबार राति वालिङ–१ कालीमाटीस्थित सबस्टेसनमा परेको चट्याङका कारण ‘ट्रान्सफर्मर’मा क्षति पुगेपछि उनीहरु विद्युत्विहीन भएका हुन् । विद्युत् सेवा उपभोग गरिरहेका वालिङ नगरपालिका र भीरकोट नगरपालिकाका ती उपभोक्ता विद्युत् विहीन भएका हुन् ।

ट्रान्सफर्मरमा चट्याङले क्षति पुर्‍याएपछि मर्मतका लागि बुटवल लगिएकामा झन्डै २५ दिन लाग्ने भएपछि वैकल्पिक ट्रान्सफर्मरको व्यवस्थापनमा जुटेको बुटवल पावर कम्पनी गल्याङका प्रमुख डोल खरेलले जानकारी दिनुभयो ।

“हामीसँग भएको ट्रान्सफर्मरमा चट्याङले क्षति पुर्‍याएकाले मर्मतका लागि बुटवल लगेका छौँ,” उहाँले भन्नुभयो, “मर्मतका लागि समय लाग्ने भएपछि नेपाल विद्युत् प्राधिकरणसँग वैकल्पिक ट्रान्सफर्मर प्रयोगका लागि माग गरिएकामा ट्रान्सफर्मर प्राप्त भएको छ, ल्याएर जडान गर्न केही दिन लाग्छ ।”

सो कम्पनीको वालिङअन्तर्गत करिब १८ हजार ५०० उपभोक्ता छन् ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300