२१ जेठ २०८३, बिहिबार

प्राविधिक शिक्षा र सीप सम्बन्धी शैक्षिक मेला तथा प्रदर्शनी को तयारी अन्तिम चरणमा

Logo
डुमरलाल मेहता बिहिबार, बैशाख २४, २०८३

विराटनगर, २४ बैसाख । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयसँगको समन्वय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् CTEVT कोशी प्रदेश कार्यालयको आयोजनामा विराटनगरमा आगामी २०८३ जेष्ठ २ र ३ गते सञ्चालन हुने प्राविधिक शिक्षा र सीप सम्बन्धी शैक्षिक मेला तथा प्रदर्शनी को तयारी अन्तिम चरणमा पुगेको छ । “सिप आजको आवश्यकता, भविष्यको सुनिश्चितता” भन्ने मूल नाराका साथ विराटनगरस्थित श्री आदर्श माध्यमीक विद्यालयको प्राङ्गणमा हुने यस मेलामा कोशी प्रदेशका १४ वटै जिल्लाका स्थानीय तहका विद्यायहरुबाट शिक्षक, विद्यार्थीहरु, अभिभावकका साथै स्थानीय तहका जनप्रतिनिधिहरुले समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
मेलाका मुख्य आकर्षणहरु
* प्रत्यक्ष प्रदर्शनी ः स्वास्थ्य, इन्जिनियरीङ्ग, कृषि, सुचना प्रविधि र हस्पिटालिटी लगायतका विषयमा अध्ययनरत विद्यार्थीहरुले आफ्ना सिप र नविनतम कार्यहरुको प्रत्यक्ष प्रदर्शनी गर्नेछन् ।
* ४० वटा शैक्षिक स्टल ः मेलामा CTEVT अन्तर्गतका सम्बन्धन स्वीकृती प्राप्त आंगिक, टेक्स, साझेदारी र प्राइभेट शिक्षण संस्थाहरु लगायत तालीम प्रदान गर्ने निकायका क्रियाकलापहरुको प्रदर्शनी हुनेछ ।
* करीयर काउन्सीलीङ्ग ः विद्यार्थी र अभिभावकहरुका लागी कुन विषय पढ्दा कस्तो अवसर पाइन्छ भन्नेबारे विज्ञहरुबाट विशेष परामर्श (ऋबचभभच ऋयगलकभष्लिन० प्रदान गरीनेछ ।
* छात्रवृत्ति र भर्ना सम्बन्धी जानकारी ः CTEVT अन्तर्गतका विभिन्न डिप्लोमा र प्रि डिप्लोमा कार्यक्रमहरुमा उपलब्ध छात्रवृत्ति र भर्ना प्रक्रिया बारे विस्तृत जानकारी स्टलहरुबाटै दिइनेछ ।

यस मेलामा प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका माननीय मन्त्री राम प्रसाद महतो, स्थानीय तहका जनप्रतिनिधिहरु र शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको आतिथ्यतामा रहने CTEVT कोशी प्रदेश कार्यालय आयोजक कमीटीका सदस्य पवन भण्डारीले जानकारी दिनुभयो । विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्न र उनीहरुलाई बजारको माग अनुसारको सीप सिकाई आत्मनिर्भर बनाउन यो शैक्षिक मेला कोशेढुङ्गा सावित हुने विश्वास लिइएको छ ।
मेलाको औपचारी उद्घाटन जेठ २ गते विहान ९ः०० बजे हुनेछ । दुई दिनसम्म चल्ने यो प्रदर्शनीमा शिक्षक, विद्यार्थी, अभिभावक, शिक्षा क्षेत्रका व्यक्तित्व, कर्मचारी र जनप्रतिनिधिहरु गरी हजारौँले अवलोकन गर्ने अपेक्षा गरीएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300