२१ जेठ २०८३, बिहिबार

कोशी प्रदेशमा एचआईभी संक्रमितको संख्या बढ्दो

Logo
डुमरलाल मेहता शनिबार, बैशाख २६, २०८३

विराटनगर, २६ वैशाख । कोशी प्रदेशमा एचआईभी संक्रमितको संख्या वर्षेनी बढ्दै गएको पाइएको छ ।

स्वास्थ्य कार्यालय मोरङले शुक्रबार विराटनगरमा पत्रकारहरूसँग अन्तरक्रिया गर्दै पछिल्ला वर्षहरूमा संक्रमितको संख्या निरन्तर वृद्धि भइरहेको जनाएको हो ।
स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०८१र०८२ मा कोशी प्रदेशभर २ हजार ६२३ जना एचआईभी संक्रमित रहेका छन् । अघिल्लो आर्थिक वर्ष २०८०र०८१ मा यो संख्या २ हजार ४०७ रहेको थियो भने २०७९र०८० मा २ हजार २४८ जना संक्रमित रहेका थिए । विराटनगरमा मात्रै गत वर्ष १३९ जना एचआईभी संक्रमित भेटिएका छन् ।

स्वास्थ्य कार्यालय मोरङका प्रमुख योगराज घिमिरेले संक्रमितहरूको हरेक वर्ष खोजी तथा परीक्षण कार्य भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार धेरै संक्रमितहरू स्वयं सम्पर्कमा नआउने भएकाले सरकारी संयन्त्रलाई खोजी तथा पहिचानमा चुनौती हुने गरेको छ ।
उहाँले भन्नुभयो, “सरकारी संयन्त्रले मात्रै संक्रमितहरूको खोजी गर्न सकिँदैन । कोशी प्रदेशमा देखिएका सबै संक्रमित यहीँका मात्र होइनन्, अन्य प्रदेशबाट आएर पनि यहाँ परीक्षण गर्ने गरेका छन् ।”
कार्यालयका अनुसार कोशी प्रदेशमा हाल एन्टी रेट्रो भाइरल थेरापी (एआरटी) सेवामा ६५६ जना संक्रमित आबद्ध छन् । जसमध्ये ३८२ जना महिला, २५० जना पुरुष, २४ जना तेस्रो लिङ्गी तथा ७ जना बालबालिका रहेका छन् ।

एआरटी सेवाअन्तर्गत निशुल्क एचआईभी परामर्श तथा परीक्षण, कन्डम वितरण, एआरटी औषधि, यौन रोग परामर्श तथा परीक्षण तथा भाइरल लोड परीक्षण सेवा उपलब्ध गराइँदै आएको प्रमुख घिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300