विराटनगर । सुनसरीको दुहबी नगरपालिकास्थित दुहबी आधारभूत अस्पतालमा न्यूनतम सेवा मापदण्ड (MSS) लेखाजोखा प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ। अस्पताल सेवाको गुणस्तर सुधार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा दुहबी नगरपालिकाका मेयर बेद नारायण गच्छदार, उपमेयर मेनुका खतिवडा, स्वास्थ्य शाखा प्रमुख बिन्देश्वर महतो, नगर अस्पतालका प्रमुख लगायत कर्मचारीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर गच्छदारले अस्पतालले स्वास्थ्य सेवा सुधार तथा संस्थागत उन्नतिमा गरेको प्रगतिप्रति खुसी व्यक्त गर्दै अस्पताल प्रमुख तथा सम्पूर्ण कर्मचारीलाई बधाई तथा शुभकामना दिनुभयो। उहाँले आगामी दिनमा अझ प्रभावकारी र गुणस्तरीय सेवा प्रवाह गर्न आग्रह समेत गर्नुभयो।
कार्यक्रममा MSS Implementation Program अन्तर्गत अस्पतालको सेवा अवस्था, उपलब्धि तथा सुधार गर्नुपर्ने पक्षबारे प्रस्तुतीकरण गरिएको थियो।
