२१ जेठ २०८३, बिहिबार

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

Logo
आजको अपडेट शनिबार, जेठ ०२, २०८३

राँझा (बाँके), २ जेठ । बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित जङ्गलमा बाख्रा चराउन गएका पाँच महिलालाई अज्ञात समूहले निर्घात कुटपिट गरी सुनका गरगहना लुटपाट गरेको छ ।

अज्ञात समुहले शुक्रबार राप्तीसोनारी–३ बैशा र नवलपुर गाउँका ५५ वर्षीया बिसमति थारु, सोही ठाउँकी ५५ वर्षीया श्यामकुमारी थारु, ६५ वर्षीया मङ्गरी थारु, ५५ वर्षीया रामकलिया थारु र ४५ वर्षीया गौरी थारुमाथि आक्रमण गरी सुन लुटपाट गरिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार, कुटपिटपछि उनीहरुले डेढ तोलाभन्दा बढी सुन लुटेका छन् ।

घाइते महिलाको उद्धार गरी उपचारका लागि राप्ती सोनारी अस्पताल लगिएको छ । अस्पतालले त्यहाँ सामान्य उपचार गरेर थप उपचारका लागि नेपालगञ्ज पठाएको छ । घाइते सबैको नेपालगन्जस्थित संजिवनी अस्पतालमा उपचार भइरहेकोे छ । प्रवक्ता पातलीले उक्त घटनामा संलग्न भएको आरोपमा ८ जना पक्राउ परेका जानकारी दिनुभयो । राप्तीसोनारी र नरैनापुरको जङ्गल क्षेत्रबाट उनीहरु पक्राउ परेका हुन् ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300