२१ जेठ २०८३, बिहिबार

परीक्षा अगावै प्रश्नपत्र सार्वजनिक गर्ने दुई जना पक्राउ

Logo
आजको अपडेट बुधबार, जेठ ०६, २०८३

काठमाडौँ, ६ जेठ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले सामाजिक सञ्जालमार्फत परीक्षा अगावै प्रश्नपत्रसँगै उत्तर सार्वजनिक गर्ने कार्यमा संलग्न दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा गोरखाको भीमसेन थापा गाउँपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका नागार्जुन नगरपालिका–१ रानीवन बस्दै आएका २९ वर्षीय सन्तोष बन्जारा तथा धादिङको गण्डकी गाउँपालिका–३ घर भई हाल काठमाडौँको नागार्जुन नगरपालिका–१ वनस्थली बस्दै आएका २० वर्षीय अश्विन अधिकारी छन् ।

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन गरिएको कक्षा १२ को परीक्षा सुरु हुनुभन्दा केही समय अगावै प्रश्नपत्र बाहिरिएको विषयमा अनुसन्धान गर्न बोर्डबाट पत्र प्राप्त भएपछि प्राविधिक विश्लेषण तथा अनुसन्धान गरिएको थियो ।

अनुसन्धानका क्रममा ‘कक्षा १२ व्यवस्थापन मात्र’ नामक ह्वाट्सएप समूह तथा फेसबुक म्यासेन्जरलगायत विभिन्न समूह बनाएर उत्तरसहित प्रश्नपत्र सार्वजनिक गरी प्रश्नपत्रको गोपनीयता भङ्ग गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सिआइबीको टोलीले उनीहरूलाई काठमाडौँको रत्नपार्क क्षेत्रबाट पक्राउ गरेको हो । हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300