१० जेठ २०८२, शुक्रबार

दुर्गा मन्दिर हनुमान चालिसा आज देखि सुरु

Logo
सन्तोष मेहता शनिबार, भाद्र २२, २०८१

विराटनगर । सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका वडा नं. २ स्थित अकाहा बजारमा रहेको दुर्गा मन्दिरमा आजदेखि साप्ताहिक सरसफाइ र हनुमान चालिसा कार्यक्रम सुरु गरिएको छ। भोक्राहा नरसिंह हिन्दु सम्राट सेनाले यो कार्यक्रमको आयोजना गरेको हो।
हिन्दू सम्राट सेनाका संयोजक दिपेश मेहताका अनुसार, अब हरेक शनिबार बिहान दुर्गा मन्दिरमा सरसफाई र हनुमान चालिसा पाठ गरिने छ। पहिलो दिनको कार्यक्रममा स्थानीय युवाहरू र जनसमुदायका ब्यक्तिहरुको सहभागिता रहेको थियो।
यस पहलले स्थानीय मन्दिरको स्वच्छता कायम राख्नुका साथै धार्मिक र सामुदायिक एकता बढाउन मद्दत पुर्याउने आशा गरिएको छ। स्थानीय समुदायलाई यस कार्यक्रममा सहभागी हुन र आफ्नो योगदान दिन प्रोत्साहित गरिएको छ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300