२१ जेठ २०८३, बिहिबार

टिकटकमा हतियार प्रदर्शन गर्ने दुई किशोर प्रहरी नियन्त्रणमा

Logo
डुमरलाल मेहता मंगलबार, जेठ १२, २०८३

विराटनगर , ११ जेठ । सामाजिक सञ्जाल टिकटकमा हातहतियार प्रदर्शन गर्दै भिडियो पोस्ट गरेको घटनापछि प्रहरीले सुनसरीको देवानगंज गाउँपालिका–२ का दुई किशोरलाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार मिति २०८३ जेठ ११ गते साँझ करिब ६ः५० बजे १७ वर्ष र १५ वर्षका दुई किशोरलाई पक्राउ गरिएको हो। उनीहरूले टिकटकमार्फत हतियार प्रदर्शन गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट फलामको घरेलु कटुवा पेस्तोल जस्तो देखिने हतियारसमेत बरामद गरेको जनाएको छ। बरामद गरिएको वस्तु वास्तविक हतियार हो वा होइन भन्ने विषयमा समेत अनुसन्धान भइरहेको बताइएको छ।

दुवै किशोरलाई बरामद हतियारसहित जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सामाजिक सञ्जालमार्फत हतियार प्रदर्शनजस्ता गतिविधिले समाजमा त्रास र नकारात्मक सन्देश फैलाउन सक्ने भन्दै प्रहरीले यस्ता गतिविधिमा संलग्न नहुन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300