२१ जेठ २०८३, बिहिबार

रौतहटमा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना

Logo
आजको अपडेट बुधबार, जेठ १३, २०८३

चन्द्रपुर (रौतहट), १३ जेठ । रौतहटको चन्द्रपुर नगरपालिका–९ डुमरियामा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना गरिएको छ । केन्द्रको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्लेले मङ्गलबार उद्घाटन गर्नुभयो ।

केन्द्रले किसानलाई मौसमसम्बन्धी विभिन्न पूर्वानुमान उपलब्ध गराउनेछ । तापक्रम, वर्षा, हावाको गति मौसमसम्बन्धी तथ्याङ्क केन्द्रमा सङ्कलन हुनेछ । मौसमको अवस्था हेरेर बाली कहिले लगाउने, सिँचाइ कहिले गर्ने र मल तथा औषधि कहिले प्रयोग गर्ने लगायतका विषयमा केन्द्रले जानकारी दिनेछ ।

जिल्ला समन्वय समिति रौतहटका सभापति रामअयोध्या राय यादवले किसानको बाहुल्य भएको रौतहटमा हरेक पालिकाका किसानका लागि यसप्रकारको केन्द्र आवश्यक भएको बताउनुभयो ।

जल तथा मौसम विभाग मधेश प्रदेशका प्रमुख राजीवकुमार झाले केन्द्र हरेक पाँच किलोमिटरको दूरीमा राख्नुपर्ने बताउनुभयो । वन क्षेत्रको संरक्षण, पूर्वाधार विकासमा समेत केन्द्रमा महत्वपूर्ण भूमिका हुने कार्यालय प्रमुख झाले बताउनुभयो ।

अहिलेको अवस्थामा कृषि तथा जलवायु मौसम मापन केन्द्रबाट ८० प्रतिशत प्रक्षेपण मिलेको उहाँको भनाइ छ । केन्द्रले असिना, खडेरी, अत्यधिक वर्षा वा बाढी जस्ता प्राकृतिक प्रकोपसम्बन्धी पूर्वसूचना प्रवाह गर्ने उहाँले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिताराम रिजालले मानवीय क्षति न्यूनीकरण गर्न केन्द्रले सहयोग गर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300