२१ जेठ २०८३, बिहिबार

सांसद शेर्पाद्वारा सङ्घीय संसद्को ‘लोगो’ सहित सगरमाथा आरोहण

Logo
आजको अपडेट बिहिबार, जेठ १४, २०८३

काठमाडौँ, १४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य मिङमा डेभिड शेर्पाले सङ्घीय संसद्को ‘लोगो’ सहित सगरमाथा आरोहरण गर्नुभएको छ ।उहाँले बुधबार बिहान ५ः४० मा सगरमाथाको आरोहरण गर्नुभएको जनाइएको छ ।

सांसद शेर्पाले ‘बेसक्याप’ फर्किएपछि बुधबार साँझ आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत नवौँ दिनमा सगरमाथाको सफल आरोहण गरेको पोष्ट गर्नुभएको थियो । ‘सदनदेखि शिखरसम्म’ भन्ने नाराका साथ सांसद शेर्पा सगरमाथा आरोहण गर्नुभएको थियो । उहाँले आफ्नो सगरमाथा आरोहरणमा सहयोग पु¥याउनुहुने सभामुख डोलप्रसाद अर्याल सहित सबैमा आभार व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300