२१ जेठ २०८३, बिहिबार

उपराष्ट्रपतिसँग चिनियाँ राजदूतको भेट

Logo
आजको अपडेट बिहिबार, जेठ १४, २०८३

काठमाडौँ, १४ जेठ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङबीचले बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ ।

त्यस अवसरमा उहाँहरूबीच शान्तिपूर्ण सहअस्तित्व, आपसी सम्मान र दीर्घकालीन मैत्रीमा आधारित नेपाल–चीन सम्बन्ध, आर्थिक सहयोग तथा भावी सहकार्यका विषयमा विचारविमर्श भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उपराष्ट्रपति यादवले बितेका चार दशकमा चीनले हासिल गरेको प्रगतिको सराहना गर्दैै दुई देशबीच व्यापार, पर्यटन, पूर्वाधार, ऊर्जा र प्रविधि हस्तान्तरणमा चिनियाँ साझेदारी आवश्यक भएकामा जोड दिनुभयो ।

राजदूत चाङ माओमिङले चीन र नेपालबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन आफू प्रतिबद्ध रहेको बताउनुभयो । नेपालसँगको सम्बन्धलाई चीनले उच्च प्राथमिकता दिएको चर्चा गर्दै उहाँले दुवै देशका जनताको समृद्धिका निम्ति आफू क्रियाशील रहने बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300