२१ जेठ २०८३, बिहिबार

आर्थिक वर्ष २०८३/८४ को बजेटः कृषि क्षेत्रको पुनरुत्थानमा सरकारको उच्च प्राथमिकता

Logo
आजको अपडेट शुक्रबार, जेठ १५, २०८३

काठमाडौँ, १५ जेठ । कृषि क्षेत्रको पुनरुत्थानलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा रासायनिक मल खरिदका लागि बजेट वृद्धि गरी रु ३२ अर्ब ३६ करोड पुर्‍याइएको उल्लेख छ । ग्रिन युरिया मल उत्पादन गर्न निजी क्षेत्रलार्ई विद्युत् सहुलियत उपलब्ध गराइने पनि बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

पशु चौपायामा लाग्ने खोेरेत रोग नियन्त्रण गर्न रु २४ करोड बजेटको व्यवस्था गरिएको छ । कृषि तथा पशुपन्छी विकासका लागि रु ४६ अर्ब ९२ करोड बजेट विनियोजन गरिएको पनि अर्थमन्त्री वाग्लेले सुनाउनुभयो ।

किसानलाई ४० प्रतिशतसम्म अनुदान, अनुदान वार्षिक १० प्रतिशतका दरले दिइने बजेट वक्तव्यमा उल्लेख छ । कृषि अनुदानको सदुपयोगका लागि विशेष अनुगमन गरिने भएको छ । कृषि अनुसन्धान तथा विकास केन्द्रका माध्यमबाट कृषि क्षेत्रको विकास गरिने भएको छ । कृषि तथ्याङ्क प्रणालीलाई राष्ट्रिय तथ्याङ्क कार्यालयअन्तर्गत ल्याइने पनि बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300