२१ जेठ २०८३, बिहिबार

भटौली खोलामाथि निर्माणाधीन पक्की पुल अन्तिम चरणमा

Logo
आजको अपडेट शनिबार, जेठ १६, २०८३

मन्थली (रामेछाप), १६ जेठ । जिल्लाको मन्थली नगरपालिका-७ र खाँडादेवी गाउँपालिका-४ जोड्ने भटौली खोलामाथि निर्माणाधीन पक्की पुल अन्तिम चरणमा पुगेको छ । एउटा मात्र स्पान रहेको यो पुल यही जेठ मसान्तसम्म सम्पन्न गर्ने लक्ष्यसहित कामले तीव्रता पाएको हो ।

बागमती प्रदेश सरकारको रु तीन करोड ३३ लाख ६५ हजारको लागतमा उक्त पुल निर्माण भइरहेको निर्माण व्यवसायी दीपक थापाले राससलाई जानकारी दिनुभयो ।

तीन वर्षअघिदेखि काम थालिएको उक्त पुलको पहिलेको डिजाइन परिवर्तन गर्नुपरेकाले निर्माणमा केही समय ढिला भएको जिल्ला पूर्वाधार कार्यालयका प्रमुख ज्यानेन्द्रप्रसाद पुनले राससलाई जानकारी दिनुभयो । पुल सम्पन्न भएपछि माडीसहित आसपासका क्षेत्रमा उत्पादन हुने सागसब्जी तथा अन्य कृषि उपज जिल्ला सदरमुकाम र राजधानी काठमाडौँसम्म पुर्‍याउन सहज हुने उहाँले उल्लेख गर्नुभयो ।

यसले नागरिकको आवागमन सहज हुनुका साथै उत्पादित कृषि उपजको बजारीकरण हुने खाँडादेवी गाउँपालिका(४ का स्थानीय खेमबहादुर खत्रीले बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300