२१ जेठ २०८३, बिहिबार

करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु

Logo
आजको अपडेट आइतबार, जेठ १७, २०८३

दाङ, १७ जेठ । करेन्ट लगाएर माछा मार्ने क्रममा दाङमा एक जनाको मृत्यु भएको छ ।

बबई गाउँपालिका–७ बेलासपुर र कृष्णपुरघाट क्षेत्रमा शनिबार माछा मार्ने क्रममा शान्तिनगर गाउँपालिका–४ हिरापुरका ४७ वर्षीय भोजराज केसीलाई करेन्ट लागेको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक होमप्रसाद पराजुलीका अनुसार केसीसहित सात जनाको टोलीले ब्याट्रीबाट करेन्ट प्रवाह गरी माछा मार्ने क्रममा उनी घाइते भई बेहोस भएका थिए । केसीलाई तत्काल उपचारका लागि एम्बुलेन्समार्फत राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएकामा उपचारकै क्रममा मृत्यु भएको उहाँले बताउनुभयो ।

घटनापछि प्रहरी चौकी चिराघाटबाट प्रहरी सहायक निरीक्षक हिरालाल सेन्चुरीको नेतृत्वमा तथा इलाका प्रहरी कार्यालय खिलतपुरबाट प्रहरी निरीक्षक कमल परियारको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो । घटनामा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले शान्तिनगर गाउँपालिका–४ का रामप्रसाद पाण्डे, सोही ठाउँका मेखलाल रेउले, गणेश अधिकारी, युवराज भण्डारी र सङ्गम पाउ तथा शान्तिनगर गाउँपालिका–३ का गोविन्द सुवेदीलाई नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300