२१ जेठ २०८३, बिहिबार

तोलामा बीस हजार पाँच सयले बढ्यो सुनको मूल्य

Logo
आजको अपडेट आइतबार, जेठ १७, २०८३

काठमाडौँ, १७ जेठ । विगत केही दिनदेखि ओरालो लागेको सुनको मूल्य आज ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज सुन तोलामा रु २० हजार ५०० ले बढेको हो ।

गत शुक्रबार रु दुई लाख ९० हजारमा खरिद–बिक्री भएको एक तोला सुनको मूल्य आज रु तीन लाख ११ हजार १०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदीको मोल रु पाँच हजार ३४५ निर्धारण भएको छ । गत शुक्रबार एक तोला चाँदी रु पाँच हजार ४० मा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७३० र त्यति नै परिमाणको सेतो धातुको ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300