२१ जेठ २०८३, बिहिबार

सुर्तीजन्य पदार्थ बिक्री नियन्त्रणका लागि तेह्रथुममा बजार अनुगमन

Logo
आजको अपडेट आइतबार, जेठ १७, २०८३

तेह्रथुम, ३१ जेठ । विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालयले तेह्रथुम बजारमा अनुगमन गरेको छ ।

प्रमुख जिल्ला अधिकारी वन्दना राई नेतृत्वको अनुगमन टोलीले व्यवसायीहरूसँग अन्तक्रिया गरी सुर्तीजन्य पदार्थको बिक्रीवितरणसम्बन्धी मापदण्ड तथा त्यसले स्वास्थ्यमा पार्ने असरबारे जानकारी गराएको छ ।

म्याङलुङ नगरपालिकाका स्वास्थ्य सहायक इन्द्रप्रसाद पोखरेलले सुर्तीजन्य पदार्थमा सात हजारभन्दा बढी रसायन, करिब २५० हानिकारक र ७० भन्दा बढी क्यान्सरजन्य तत्व हुने जानकारी गराउनुभएको थियो ।

व्यवसायीहरूलाई अनिवार्य चेतावनीमूलक बोर्ड राख्न, १८ वर्षमुनिका तथा गर्भवतीलाई चुरोटसुर्ती बिक्री नगर्न र शिक्षण तथा स्वास्थ्य संस्थाबाट १०० मिटर भित्र सुर्तीजन्य पदार्थ बिक्री नगर्न निर्देशन दिइएको छ । साथै सार्वजनिक स्थलमा धूमपान निषेध कार्यान्वयन र अन्तःशुल्क भुक्तानीाबारे पनि अनुगमन गरिएको थियो ।

संयुक्त अनुगमन टोलीमा उद्योग वाणिज्य सङ्घ, जिल्ला स्वास्थ्य कार्यालय, तीनवटै सुरक्षा निकाय तथा पत्रकार महासङ्घ पदाधिकारी सहभागी थिए ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300