२१ जेठ २०८३, बिहिबार

बर्दियामा ब्राउन सुगरसहित दुईजना पक्राउ

Logo
आजको अपडेट शनिबार, साउन १९, २०८१

विराटनगर । सशस्त्र प्रहरीले बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ११ स्थित गणेशपुर इलाकामा भारतबाट नेपालतर्फ आउँदै गरेका दुई जनालाई लागूऔषध ब्राउन सुगर ल्याएको आरोपमा नियन्त्रणमा लिएको छ। उनीहरुको साथबाट अन्दाजी साढे एक ग्राम लागूऔषध ब्राउन सुगर फेला पारेको छ।

सशस्त्र प्रहरीले बारबर्दिया नगरपालिका(६ का २२ वर्षीय सन्तोष गिरी र सोही ठाउँका १९ वर्षीय नविन कँडेललाई ब्राउन सुगरको धुलोसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल ३१ नम्बर हेडक्वाटर बर्दियाका गणपति सशस्त्र प्रहरी उपरीक्षक चित्रांगत दाहालले बताए। उनीहरूको साथबाट भे ७ प ७३४९ नम्बरको मोटरसाइकल, रेडमी मोबाइल १ थान र ७ सय १० नेपाली रुपैयाँ बरामद भएको छ।

सीमापार बजारमा लागू औषध सेवन गर्न जानेको संख्या बढ्न थालेपछि सशस्त्र प्रहरीले अवैध ओसार पसार र कारोबार हुने आशंकामा सीमामा कडाइ गर्न अभियान सुरु गरेपछि लागूऔषध सहित पक्राउ पर्नेको संख्या बढ्न थालेको छ। सीमापार भारतीय बजारमा गई लागूऔषध सेवन गरी आउने लाई सशस्त्र प्रहरीले चेक जाँचमा कडाइ गरेको छ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300