२१ जेठ २०८३, बिहिबार

पूर्व प्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन

Logo
आजको अपडेट सोमबार, भाद्र २४, २०८१

पूर्व प्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा हजारौँले प्रदर्शन गरेका छन् । एक वर्षभन्दा बढी समयदेखि जेलमा रहेका पूर्व प्रधानमन्त्री खानको रिहाइको माग गर्दै पाकिस्तानको राजधानी इस्लामाबादमा हजारौँ मानिसले सडकमा प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्री खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ ९पीटीआई० ले खानमाथि लगाइएको आरोप राजनीतिक उक्साहट मात्र भएको बताउँदै आएको छ । सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गरिएका तस्बिर र भिडियोहरूले देशका विभिन्न भागबाट खानका समर्थकहरूलाई इस्लामावादतर्फ अघि बढेको देखाएका अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ ।

विरोध प्रदर्शनमा सहभागीले खानलाई जेलमुक्त नगरेसम्म शान्त भएर नबस्ने बताएका छन् । इस्लामाबाद प्रशासनले शहरमा हुने सम्भावित अशान्ति रोक्न मुख्य प्रवेश मार्गहरूमा कन्टेनरहरू राखेर र प्रहरी परिचालन गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300