१३ साउन २०८३, बुधबार

हनुमाननगरमा आगलागीबाट १२ घर नष्ट

Logo
आजको अपडेट मंगलबार, जेठ २६, २०८३

राजविराज (सप्तरी), २६ जेठ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–५ मा आज भएको आगलागीबाट १२ वटा घर नष्ट भएका छन् ।

स्थानीय बुचु खङ्गको घरमा अचानक आगो लागेपछि निजसहित पाँच परिवारका ती घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । सो आगलागीमा सगन खङ्ग, दुखाई खङ्ग, लखन खङ्ग र नारायण खङ्गको घर जलेको स्थानीयवासी मनोज मेहताले जानकारी दिनुभयो ।

आगलागीको कारण खुलेको छैन भने यसबाट करिब रु २५ लाखको क्षति भएको उहाँले बताउनुभयो । स्थानीयवासी तथा प्रहरीले आगो नियन्त्रणमा लिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300