३० जेठ २०८३, शनिबार

दुहबी कृषि यान्त्रीकरणमा प्रदेशकै नमुना बन्दै, मेयर गच्छादारले बाँडे किसानकै घरदैलो पुगेर कृषी उपकरण

Logo
डुमरलाल मेहता बुधबार, जेठ २७, २०८३

विराटनगर, २७ जेष्ठ । परम्परागत कृषिप्रणाली लाइ बिस्थापित र आधुनिक कृषीप्रणालीलाइ स्थापित गर्दै कृषि क्षेत्रमा आश्रीत किसानहरुलाइ निर्वाहमुखि बाट ब्यावसायिक बनाउन दुहबी नगरपालिकाले कृषि यान्त्रीकरण प्रवधन कार्यक्रम निरन्तर गर्दै आएको छ।

उक्त कार्यक्रम हाल कोशी प्रदेशमै उत्कृष्ट र नमुना बन्दै गएको छ्। नगर प्रमुख वेद नारायण गच्छादारले ५०५ अनुदानमा आज कृषि तथा पशुपंक्षि हाटबजार दुहबी ४ मा एक कार्यक्रम आयोजना बिभिन्न वडाका करिव १६ जना कृषक लाइ १६ थान मिनिटिलर र १२० जनालाइ १२० थान पावर स्प्रे बितरण गरेका छन्।

यसैगरी मेयर गच्छादारले तरकारी खेती गर्दै आएका कृषक हरुको माग बमोजिम ५०५ अनुदानमा दुहबी ८ , ९ , १० , लगायतका वडाहरुका कृषकको घर दैलोमै पुगेर मिनिटिलर, ग्रास कटर, एग्रोनेट, डिजिटल काँटा, गोड्ने मिसिन, टनेल, मल्चिङ प्यास्टिक, खाडल खन्ने मेसिन, मोर्टर, लगायतका कृषी औजारहरु बितरण गरेका छन्। दुहबी ८ का सुसिल मण्डल, दुहबी ९ का लधुराम गच्छादार, दुहबी ९ कै तोहिद मिया, दुहबी १० का अन्जिरा साह र गोबिन्द मन्डलको घर मै पुगेर सामन हस्तान्तरण गरेका थिए।

औजार हरु हस्तान्तरण पछि बोल्दै नगर प्रमुख गच्छादारले कृषि प्रधान देशमा संघिय सरकारले कृषी प्रवर्धनमा दुहबी लाइ रु १ लाख ४५ हजार बजेट छुट्याएको छ , यस्तो लाजै पच्ने बजेट ले कृषका तमाम समस्या संबोधन गर्न चुनौति आएपनि दुहबी नगरपालिकाले कृषि क्षेत्रलाइ अग्रभाग मा राखेर किसानको हितको काममा सधै लाग्ने प्रतिबद्दता ब्यक्त गरेका छन्। उनले आफु किसानको शिर झुक्न नदिने , जतिसुकै बिरोध आएपनि स्विकार्ने तर कृशक लाइ हौसला प्रदान गर्दै युवालाइ कृषिक्षेत्रमा ल्याउन सक्दो प्रयास गर्ने जनाए ।

कृषि यान्त्रीकरणले कृषकको श्रम, समय र लागत बचत गरी उत्पादन तथा आम्दानी बढाउन मद्दत गर्छ, उनले भने विशेष गरी युवा जनशक्ति अभाव भइरहेको वर्तमान अवस्थामा नेपालको कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायीकरणका लागि यो अत्यन्त महत्वपूर्ण छ्। कार्यक्रमा दुहबी ४ का अध्यक्ष मुस्तकिम मिया, कृषि शाखा प्रमुख अजय गौतम लगायत रहेका थिए।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300