२८ जेठ २०८३, बिहिबार

करका दर हेरफेरबारे प्रतिनिधिसभामा प्रश्न

Logo
आजको अपडेट बिहिबार, जेठ २८, २०८३

काठमाडौँ, २८ जेठ। प्रतिनिधिसभा सदस्यहरुले संसद्को अनुमतिबिना करका दर फेरबदल गर्न नपाइने तर्फ सरकारको सरकारको ध्यानाकर्षण गराएका छन् । आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै सांसद निश्कल राईले करका दरमा हेरफेर गरेका तथ्य सार्वजनिक भएकाले संसद्मा पेस भएको विधेयकलाई कार्यकारीले कसरी हेरफेर गर्न सक्छ भनी प्रश्न गर्नुभयो ।

करको दर सरकारले आफूखुसी बदल्न नपाइने विषयलाई ध्यान दिन उहाँले आग्रह गर्नुभयो । बाढीबाट क्षति पुगेको इलामका लागि बजेटको व्यवस्था नगरेको भन्दै सांसद राईले सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद युवराज दुलालले बजेटले जेनजी आन्दोलनको भाव समेट्न नसकेको बताउनुभयो ।

उहाँले मेलम्ची आयोजना प्रभावितको विषय बजेटमा समेट्नुपर्नेमा जोड दिनुभयो । सांसदहरु सुरेन्द्र चौधरी, चन्द्रमोहन यादव, आनन्दबहादुर चन्द, खड्ग शाही, समीक्षा बास्कोटा, मोहनलाल आचार्य, सोम शर्मा, आशीष गजुरेल, जनकसिंह धामी, भरतप्रसाद पराजुली, आकृति अवस्थी, गोविन्द पन्थी, कमल सुवेदीलगायतले जल, जमिन, जङ्गल र जनशक्तिको सदुपयोग गर्नुपर्ने, चुरे क्षेत्रका लागि बजेट बढाउनुपर्ने, धार्मिक पर्यटकीयस्थलको विकास गरेर धार्मिक पर्यटन प्रवद्र्धन गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300