२८ जेठ २०८३, बिहिबार

भन्सार छलेर ल्याइएका छ लाख बराबरका सामान बरामद

Logo
आजको अपडेट बिहिबार, जेठ २८, २०८३

इनरुवा (सुनसरी), २८ जेठ । सुनसरी जिल्ला विभिन्न स्थानबाट प्रहरीले भन्सार छली अवैध रूपमा भित्रयाइएका रु छ लाख १४ हजार बढी मूल्यका सामान नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरी र मातहतका विभिन्न प्रहरी एकाइबाट खटिएको टोलीले बुधबार र बिहिबार सञ्चालन गरेको विशेष अभियानका क्रममा ती अवैध रुपमा भित्रयाइएका सामान बरामद गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

जिल्लाका छ वटा स्थानबाट छ लाख १४ हजार बराबरको भन्सार छलीका लत्ताकपडा, किराना सामग्री र सामान ओसारपसारमा प्रयोग भएको एउटा मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

त्यसमध्ये इनरुवा–१ बाट रु चार लाख २७ हजार मूल्य बराबरको लत्ताकपडा बरामद गरेको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो । बर्जु–४ बाट एक लाख पाँच हजार, रामधुनी नगरपालिका–५ बाट रु ३० हजार ९१०, इनरुवा–६ बाट रु ३० हजार, दुहबी–३ र कोशी–५ बाट क्रमश ः १० हजार ६९७ र रु १० हजार ५०० मूल्य बराबरको सामग्री बरामद गरेको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका सामानलाई कानुनी कारबाहीका लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध पठाइएको छ । सीमा क्षेत्रबाट हुने अवैध चोरी पैठारी नियन्त्रणका लागि प्रहरीले निगरानी र सक्रियता बढाएको प्रहरी उपरीक्षक केशवकुमार थेबेले बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300