१० जेठ २०८२, शुक्रबार

सुनको भाउमा नयाँ रेकर्ड, तोलाको एक लाख ५३ हजार चार सय रुपैयाँ पुग्यो

Logo
आजको अपडेट बुधबार, भाद्र २६, २०८१

विराटनगर । सुनको भाउले आज नयाँ रेकर्ड बनाएको छ । आज एकैदिन एक हजार रुपैयाँले बढेर सुनको भाउमा नयाँ रेकर्ड कायम भएको हो । आज सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ५३ हजार चार सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ५२ हजार चार सय रुपैयाँ रहेको थियो । यसअघि गएको भदौ २१ गते अहिलेसम्मकै उच्च तोलाको एक लाख ५३ हजार तीन सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि १५ रुपैयाँले बढेको छ । चाँदी १५ रुपैयाँले बढेर तोलाको एक हजार सात सय ८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300