०१ आषाढ २०८३, सोमबार

जिल्ला समन्वय समिति महासङ्घको अध्यक्षमा फूयाँल चयन

Logo
आजको अपडेट सोमबार, आषाढ ०१, २०८३

पाटन (ललितपुर), १ असार।  जिल्ला समन्वय समिति महासङ्घको अध्यक्ष पदमा ललितपुर जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फूयाँल सर्वसम्मत निर्वाचित हुनुभएको छ । महासङ्घको छैटौँ राष्ट्रिय परिषद् बैठकबाट नयाँ नेतृत्व चयन प्रक्रिया सम्पन्न भएर फूयाँलको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक नवराज गेलालले जानकारी दिनुभयो ।

त्यस्तै, महासङ्घको वरिष्ठ उपाध्यक्षमा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतम र उपाध्यक्षमा कास्कीका लिलाधर पौडेल, महासचिव पदमा रसुवाका अशोककुमार घिमिरे चयन भएका छन् । त्यस्तै, उपमहासचिवमा बागमती प्रदेशबाट राजेन्द्रविक्रम सिं ठकुरी, मधेस प्रदेशबाट सचिवमा दिनेशकुमार महतो र कर्णाली प्रदेशबाट कोषाध्यक्षमा श्यामकुमार रोकाया निर्विरोध निर्वाचित हुनुभएको छ ।

त्यसैगरी, कार्यसमिति सदस्यहरुमा कोशीबाट टेकराज भट्टराई र सुमन शाक्य, मधेस प्रदेशबाट जितेन्द्रकुमार महतो, राम अयोध्या यादव, उषा झा र दिलीपकुमार लामा, गण्डकी प्रदेशबाट श्रीप्रसाद जिटी, दिलकुमारी खत्री, खड्गराज सुवेदी, अम्बरबहादुर थापा र सोमबहादुर जिसी, लुम्बिनी प्रदेशबाट नित्यानन्द शर्मा, जीवनारायण कोइराला र कर्मलाल परियार, सुदूरपश्चिम प्रदेशबाट टीकाकुमारी चौधरी, नरबहादुर बोहरा र अमर सिं ठगुन्ना, कर्णाली प्रदेशबाट तुल्सीराम रोकाया, केशवबहादुर शाही, नवराज शाही, गौरीनन्द आचार्य र शिवराज शर्मा, बागमती प्रदेशबाट सन्तोषी देवकोटा, अप्सरा ढुङ्गाना, नानु कार्की, बाबुलाल योन्जन, कल्पना काफ्ले र ग्रोनु सुनार निर्वाचित हुनुभएको छ ।

निर्वाचन समितिका संयोजक गेलालका अनुसार संस्थाको विधान–२०५२ (संशोधनसहित) बमोजिम अघि बढाइएको निर्वाचन प्रक्रियाबाट महासङ्घको नयाँ नेतृत्व चयन भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300